तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेन
reportersnepal.com · Fri Aug 14 10:33:14 GMT 2026

सिन्धुपाल्चोक, २९ साउन । तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात प्रायः ठप्प भएको छ ।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी ९इको० क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ । नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)