पूर्व प्रहरी संगठनहरु आईजीपीको पक्षमा उभिए, सांसद सुनारको अभिव्यक्तिमा आपत्ति
nepallive.com · Fri Aug 14 11:13:31 GMT 2026

काठमाडौं– प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पूर्वकर्मचारीप्रति लक्षित गरी दिएको अभिव्यक्तिप्रति पूर्वप्रहरी संगठनहरूले आपत्ति जनाएका छन्।
नेपाल पूर्वप्रहरी संगठन, पूर्वप्रहरी कर्मचारी परिषद्, पूर्वसशस्त्र प्रहरी संघ तथा सुरक्षा र न्याय अध्ययन केन्द्रले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समितिको बैठकमा गृह मन्त्रालयका सचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको उपस्थितिमा व्यक्त गरिएको अभिव्यक्ति अमर्यादित, तथ्यहीन तथा पूर्वाग्रही भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)