६३ प्रतिशतले बढ्यो राष्ट्रिय स्तरका विकास बैंकको नाफा, कुनको अवस्था कस्तो ?
arthasansar.com · Fri Aug 14 11:12:30 GMT 2026

गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा उच्च वृद्धि देखिएको हो ।
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको औषत खुद नाफा ६३.८२ प्रतिशतले बढेको हो । बैंकहरुले गत आर्थिक वर्षमा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.८२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकले ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ नाफा कमाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)