पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवकको सहभागिता
kalakarmi.com · Fri Aug 14 11:40:15 GMT 2026

काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको ‘सफा गरौँ’ विशेष सरसफाइ अभियान सम्पन्न भएको छ । क्रिएसन नेपालको नेतृत्वमा द कोका-कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा श्रावण महिनाभर सञ्चालन गरिएको अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
श्रावण महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनको चाप अत्यधिक बढ्ने भएकाले फोहोर व्यवस्थापन तथा धार्मिक सम्पदाको स्वच्छता कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत प्रत्येक सोमबार स्वयंसेवकहरूले सरसफाइकर्मीसँग मिलेर मन्दिर परिसरमा फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । अभियानले फोहोर व्यवस्थापनसँगै जथाभावी फोहोर नफाल्ने बानी विकास गर्न तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सामूहिक सहभागिता बढाउन जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)