‘गौँथली’ को पाँच हप्ते यात्रा पूरा, ग्रस कलेक्सन २१ करोड ९० लाख नाघ्यो
kalakarmi.com · Fri Aug 14 11:48:06 GMT 2026

काठमाडौं– साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको पाँच हप्ताको यात्रा पूरा गर्दै बक्स अफिसमा उल्लेखनीय व्यापार गर्न सफल भएको छ । फिल्मका वितरक करण श्रेष्ठका अनुसार ‘गौँथली’ ले पाँच हप्ताको अवधिमा २१ करोड ९० लाख ३४ हजार ५५३ रुपैयाँको कारोबार गरेको छ ।
यो फिल्मले पाँच हप्तासम्म निरन्तर दर्शकको साथ पाउनु नेपाली फिल्म क्षेत्रका लागि उत्साहजनक उपलब्धिका रूपमा हेरिएको छ । फिल्मका वितरक श्रेष्ठले सामाजिक सञ्जालमार्फत पाँच हप्ताको सफल यात्रामा साथ दिने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)