क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपालका ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट
aarthiknews.com

काठमाडौं । क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का आठ फाइनलिस्टले शुक्रबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन् । चौधरी ग्रुपको सानेपास्थित कार्यालयमा भएको भेटमा चौधरीले बाल प्रतिभाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
सीजी फुड्सको लोकप्रिय ब्रान्ड क्विक्स स्न्याक्स मुख्य प्रायोजक रहेको गायन प्रतियोगिता भ्वाइस किड्स नेपाल सिजन–५ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन् । प्रतियोगिताको पाँचौँ संस्करणको अन्तिम चरणमा ४८ सहभागीलाई पछि पार्दै आठ प्रतिभा फिनालेमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)