धरान उपमहानगरको २ अर्ब ७६ करोडको बजेट पारित, सडकदेखि खानेपानीसम्मलाई प्राथमिकता
bishowkhabar.com · Fri Aug 14 11:51:28 GMT 2026

काठमाडौं– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक किचलोका कारण धरानले करिब ५० दिनपछि बिहीबार सम्पन्न १९औँ नगरसभाबाट बजेट पारित गरेको हो।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटमा सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । बजेटमध्ये नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँ र २० वटा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)