चिनियाँलाई नेपाली जडीबुटीमा लगानी गर्न आह्वान
himalpress.com · Fri Aug 14 11:59:11 GMT 2026

बेइजिङ -चीनको खुनिमङमा जारी खुनमिङ औषधि मेला २०२६ मा जडीबुटीको प्रदर्शनसहित नेपालले सहभागिता जनाएको छ। खुनमिङ चिनियाँ औषधीजन्य सामग्री (जडीबुटी) उद्योग अन्तर्राष्ट्रिय प्रदर्शनी र चिनियाँ औषधिका लागि केन्द्रीकृत खरिद र आपूर्ति शृंखला सम्मेलन, जसलाई ‘खुनमिङ औषधि मेला’ पनि भनिन्छ। यसको मुख्य विषय ‘स्थानीय औषधीय जडीबुटीको गुणस्तर सुधारेर सम्पूर्ण आपूर्ति शृंखलाको विकासलाई सशक्त बनाउनु’ रहेको छ।
तीन दिनसम्म चल्ने मेलामा नेपालका तर्फबाट जडीबुटी व्यवसायी महासंघले नेपालको जडीबुटीजन्य उत्पादनलाई प्रदर्शनीमा राखेको छ। शुक्रबार आयोजित उद्घाटन सत्रमा नेपालका तर्फबाट चीनका लागि बेइजिङस्थित नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालको जडीबुटीमा चिनियाँ प्रविधिको महत्त्व विषयक विस्तृत प्रस्तुति दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)