विशेष महाधिवेशनले कांग्रेसको ११ लाख मत घटायो : एनपी साउद
ratopati.com · Fri Aug 14 12:04:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले विशेष महाधिवेशनका नाममा गरिएको अभ्यासले पार्टीलाई विभाजित गरेको र जनमतमा ठुलो क्षति पुर्याएको दाबी गरेका छन् । काठमाडौँमा पार्टीको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले चुनौतीपूर्ण अवस्थामा रहेको कांग्रेसलाई एकजुट बनाउन शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य रहेको बताए ।
नेता साउदले विशेष महाधिवेशनको समय र औचित्यमाथि प्रश्न उठाए । ‘विशेष महाधिवेशन हुने बेलामा हामीले निर्वाचनको मुखमा यस्तो नगर्न र नियमित महाधिवेशन कुरेर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गरेका थियौँ,’ उनले भने, ‘तर निर्वाचनका बेला कांग्रेसलाई विभाजित गर्ने काम गरियो, जसका कारण २७ लाख रहेको कांग्रेसको मत १६ लाखमा खुम्चिन पुग्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)