‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’
reportersnepal.com · Fri Aug 14 12:10:09 GMT 2026

काठमाडौं, २९ साउन। तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो । काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो ।
सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइरहन्थे । त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उहाँले कल्पनासमेत गरेका थिएनन् । तर समय सधैँ एउटै रहेन । काठ पाउन जङ्गल चहार्नुपर्ने अवस्था आयो । बजारमा पनि आवश्यक परिमाणमा काठ पाउन कठिन हुन थाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)