पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण
swasthyakhabar.com · Fri Aug 14 12:14:00 GMT 2026

काठमाडौं- पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका परिवारलाई उपचारमा विभिन्न छुट तथा विशेष सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरंग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यस्तो सुविधा परिषद्को सिफारिसपत्रका आधारमा एक सय जना सदस्यका परिवारलाई उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)