देउवालाई स्वागत गर्न एयरपोर्ट जाँदा आइफोन हरायो
nepalpress.com · Fri Aug 14 11:57:49 GMT 2026

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न हिजो विमानस्थलमा पुगेकी एक महिलाले आइफोन हराएकी छन् । सीम नभएको आइफोन हराएको भन्दै आज पार्टीको भेलामा सूचना जारी गरिएको छ ।
भेलामा उद्घोषण गरेका नेता मीनबहादुर विश्वकर्माले धर्मादेवी विष्ट नाम गरेकी महिलाको आइफोन हराएको बताए । विश्वकर्माका अनुसार महिलाले कसैलाई फोटो खिच्न आफ्नो आइफोन दिएको तर फिर्ता नआएको गुनासो गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)