गगन थापालाई कृष्ण सिटौलाको सुझाव : गल्ती सच्याउने अवसर अझै छ, नत्र हठले पतन गराउँछ
ratopati.com · Fri Aug 14 12:26:48 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्नो गल्ती सच्याउन सुझाव दिएका छन्। काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सिटौलाले हठका कारण इतिहासमा ठूलाठूला शासकहरूको पतन भएको स्मरण गराउँदै थापालाई नसच्चिए पतन निश्चित रहेको चेतावनी दिए।
नेता सिटौलाले गगन थापालाई लक्षित गर्दै भने, ‘मानिसको जीवनमा गल्ती हुन्छ, तर त्यसलाई सच्याउन सक्नुपर्छ। दुनियाँमा ठूलाठूला शासकहरू आफूले गरेको गल्ती नसच्याउने हठका कारण पतन भएका छन्। गगनजी, सच्याउने अवसर अझै तपाईँलाई छ।’ उनले विधि र प्रक्रिया मिचेर अघि बढ्दा पार्टी र स्वयं व्यक्तिलाई पनि घाटा हुने तर्क गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)