दूध खरिद र किसानको बक्यौता भुक्तानीका लागि त्रिपक्षीय सम्झौता
reportersnepal.com · Fri Aug 14 12:34:18 GMT 2026

काठमाडौँ, २९ साउन । दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र दुग्ध विकास संस्थानबीच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि का महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले हस्ताक्षर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)