अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने
swasthyakhabar.com · Fri Aug 14 12:33:26 GMT 2026

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा केवाईसी विवरण अद्यावधिक गर्न सकिने विद्युतीय प्रणाली एचआईबी ई-पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
बोर्डका अनुसार आज (२०८३ साउन २९) देखि www.eportal.hib.gov.np मार्फत स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिने भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री निशा मेहताको उपस्थितिमा साउन २२ गते प्रणालीको अन्तिम तयारी तथा कार्यान्वयनसम्बन्धी काम सम्पन्न गरिएको बोर्डले जनाएको छ। बोर्डको अध्यक्षका रुपमा केही समयअघि मात्रै डा सुवास प्याकुरेल नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)