इन्फा अवार्ड-२०२६ मा मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
kalakarmi.com · Fri Aug 14 12:45:03 GMT 2026

काठमाडौं– साउन ३० गते शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।
बहुप्रतिक्षित इन्फा अवार्ड २०२६ अन्तर्गत नेपाली कला, फिल्म, रंगमञ्च तथा हास्यव्यङ्ग्य क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप वरिष्ठ कलाकार श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । इन्फा इभेन्ट्स यूके तथा इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौंमा हुने तेस्रो संस्करणको अवार्ड समारोहमा कलाकार श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)