सुदूरपश्चिममा मुख्यमन्त्री भट्टसहित ४ मन्त्रीद्वारा शपथ ग्रहण ,भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएन !
newsofnepal.com · Fri Aug 14 12:58:52 GMT 2026

धनगढी।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार अपराह्न ३ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदको र धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथ ग्रहण लगत्तै मुख्यमन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार समेत ग्रहण गरिसक्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)