राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो
barnanmedia.com · Fri Aug 14 12:48:49 GMT 2026

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो।
बैंकका अनुसार कर्जा लगानी तथा आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)