पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार
khabarhub.com · Fri Aug 14 13:12:28 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीमा देखिएको आन्तरिक विभाजन र अन्योल अन्त्यका लागि नेताहरूलाई लचिलो बन्न आग्रह गरेका छन् । शेरबहादुर देउवा पक्षद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले नेपाली कांग्रेसलाई विखण्डनबाट जोगाएर एकजुट बनाउन सबै पक्षबाट त्याग र लचकता आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गच्छदारले कांग्रेसको एकताका लागि पूर्वसभापति देउवा पार्टीको पदीय र व्यक्तिगत जिम्मेवारीभन्दा माथि उठ्नुपर्ने धारणा राखे । त्यसैगरी गगन थापालाई लक्षित गर्दै उनले पार्टी केन्द्रीय कार्यालय सानेपामै मात्र सभापतिको कुर्सीमा सीमित नभई समग्र कांग्रेसको बृहत्तर हित र अवस्थालाई हेर्नुपर्ने टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)