हेटौँडा कपडा उद्योग सञ्चालनका लागि कपास खेती गर्न किसानहरुलाई आग्रह
corporatenepal.com · Fri Aug 14 13:31:09 GMT 2026

काठमाडौँ । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।
मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँगको भेटमा कपास खेतीमा लगानी गर्ने वातावरणका लागि सल्लाह गरेको यादवको सचिवालयले जनाएको छ । नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्री यादवले व्यवसायीहरूलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)