सम्पत्ति छानबिन आयोगको मुद्दा किन पुग्यो संवैधानिक इजलास ?
ratopati.com · Fri Aug 14 13:40:35 GMT 2026

काठमाडौँ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारले गठन गरेको 'सम्पत्ति छानबिन आयोग' विरुद्ध परेका रिट निवेदनहरू अब सर्वोच्च अदालतको संवैधानिक इजलासले टुङ्गो लगाउने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ती निवेदनहरूमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको ठहर गर्दै संवैधानिक इजलासमा पेस गर्न निर्देशन दिएका हुन् । यसअघि संयुक्त इजलासले यी मुद्दाहरूलाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउन आदेश दिएको भए पनि प्रधानन्यायाधीशको प्रशासनिक निर्णयसँगै अब यो विवादको सुनुवाइ पाँच सदस्यीय संवैधानिक इजलासमा हुने निश्चित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)