ढोका बन्द गर्दैमा तपाईं सुरक्षित हुनुहुन्न– चितवनमा भएका ४ सनसनीपूर्ण चोरीको भित्री कथा
lokaantar.com
सीसीटीभी फुटेजकै आधारमा चितवनमा भएका चार फरक प्रकृतिका चोरी तथा लुटपाटका घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । घरमा चोरीदेखि क्लिनिकमा नगद चोरी र बोल्न नसक्ने वृद्धाको कानबाट सुनको मुन्द्रा लुट्ने घटनासम्मका अनुसन्धानमा प्रविधि नै प्रहरीको मुख्य आधार बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्ला दिनमा भएका चार घटनाको अनुसन्धानका क्रममा विभिन्न स्थानमा जडान गरिएका सीसीटीभी फुटेज विश्लेषण गरेर आरोपितहरूलाई पक्राउ गरिएको जनाएको छ । अधिकांश घटनामा चोरी भएका सामान भने आरोपितहरूले पक्राउ पर्नुअघि नै बिक्री गरिसकेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)