जनआस्थामा प्रहरी हस्तक्षेप, सञ्चार सामग्री जफतप्रति महासंघकाे आपत्ति
ratopati.com · Fri Aug 14 14:32:05 GMT 2026

काठमाडौँ । जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री जफत गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)