उपमेयर हुँदै प्रदेश सरकारको अर्थ राज्यमन्त्रीसम्म जानकी ऐर
ratopati.com · Fri Aug 14 15:34:51 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको अर्थ मामिला राज्यमन्त्रीमा जानकी ऐर बनेकी छिन्। नेकपा एमालेबाट प्रदेश सभा सदस्य रहेकी ऐरले शुक्रबार अर्थ राज्यमन्त्रीको शपथ लिएकी हुन्। उनी यसअघि स्थानीय तहको उपप्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी थिइन्।
बैतडीको सिगास गाउँपालिका–८ शिवलिङमा जन्मिएकी ऐरको राजनीतिक यात्रा माओवादी आन्दोलनबाट सुरु भएको देखिन्छ। उनी २०६१ देखि २०६३ सम्म नेकपा माओवादीमा आबद्ध भएर भूमिगत राजनीतिमा सक्रिय भइन्। त्यसपछि २०६३ देखि २०७३ सम्म माओवादीको जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा विभिन्न जिम्मेवारीमा काम गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)