एनसेललाई सर्वोच्चको साथ, टंकमणि शर्माको विवादित प्रतिवेदन सार्वजनिक नगर्न निर्देशन
corporatenepal.com · Fri Aug 14 15:27:18 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले एनसेलबारे टंकमणि शर्मा संयोजकत्वको छानबिन समितिले तयार पारेको विवादित प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको छ ।
एनसेलको ८० प्रतिशत शेयर बिक्रीको विषयलाई लिएर सरकारले २०८० मंसिर २१ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो । शर्मालाई प्रचण्डले नै महालेखापरीक्षक नियुक्ति गरेका थिए । प्रचण्डका विश्वासपात्र शर्माले विभिन्न स्वार्थ समूहको सेटिङमा उक्त प्रतिवेदन सार्वजनिक गरेको आरोप लाग्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)