एनसेलको रिटमा सर्वोच्चको अन्तरिम आदेश, छानबिन प्रतिवेदन सार्वजनिक गर्न रोक
ictsamachar.com

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० तत्काल सार्वजनिक नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
एनसेलले गोपनीयताको हक उल्लङ्घन भएको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसको सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म प्रतिवेदन सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)