स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाट हुने
ratopati.com · Fri Aug 14 15:51:38 GMT 2026

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले सर्वसाधारणलाई बीमा सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ आबद्धता, नवीकरण तथा बिमितको विवरण अद्यावधिक गर्ने काम अब अनलाइन मार्फत मात्रै हुने भएको जनाएको छ । बोर्डका अनुसार आजदेखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिनेछ।
राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरिएको यस प्रणालीमार्फत सेवाग्राही स्वयं वा दर्ता सहयोगीले घरबाटै डिजिटल माध्यमबाट बीमा प्रक्रिया पूरा गर्न सक्नेछन्। साथै, बीमा शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आइपिएसको सुविधा उपलब्ध गराइएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले म्यानुअल रूपमा डिजिटल विवरण पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)