बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ
nepalpress.com · Fri Aug 14 15:53:28 GMT 2026

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा रु. १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका–५ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारी बस्दै आएका ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालत, बबरमहलको फैसलाले नेपाल सरकार वादी र अधिकारी प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई दुई दिन कैद र रु. १४ लाख जरिवाना ठहर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)