इभि ब्याट्री व्यवस्थापनमा अलमल, स्पष्ट कानुनी प्रणाली बनाउन सरोकारवालाको माग
arthadabali.com · Fri Aug 14 14:13:19 GMT 2026

काठमाडौँ / नेपालमा विद्युतीय सवारीसाधन (इभि)को प्रयोग तीव्र रूपमा बढिरहेका बेला इभिमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग तथा रिसाइक्लिङका लागि स्पष्ट र व्यवस्थित प्रणाली बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शुक्रबार आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले नेपालमा इभिको संख्या बढ्दै गएसँगै ब्याट्री व्यवस्थापनको चुनौतीलाई अहिलेदेखि नै सम्बोधन गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)