मनोजको आड पाएपछि बौरिए कांग्रेस-एमाले
barnanmedia.com · Fri Aug 14 22:08:25 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माको आड पाएपछि नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना शक्तिहरु हौसिएका छन् । कतिसम्म भने गत वर्षको भदौमा जेनजी आन्दोलन र फागुनको निर्वाचनका क्रममा जनताबाट बहिष्कृत र तिरस्कृत पात्रहरु समेत अहिले आएर गर्जिन थालेका छन् ।
प्रधानन्यायाधीश शर्माले भित्रभित्रै कांग्रेस र एमालेलाई नरमभाव मात्र होइन, सहानुभूति नै राख्न थालेका छन् । उनकै प्रतापले विष्णु पौडेलले गम्भीर फौजदारी कसुरबाट झन्डै उन्मुक्ति पएका छन् । नेपाली कांग्रेसमा गगन थापाले गरेको विद्रोहलाई मान्यता दिने यसअघिको सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सक्ने संकेतसहित निस्सा जारी भएको छ । प्रधानन्यायाधीश शर्माको कार्यकाल यसरी बुढा कांग्रेसीहरुको हौसला बढाउने गरी सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)