व्यक्तिको गोपनीयताको सम्मान गर्न आग्रह
barnanmedia.com · Fri Aug 14 22:28:36 GMT 2026

पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले पत्रकारिता गर्दा व्यक्तिको चरित्रहत्या गर्न नहुने र गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय महिला आयोगले महिलाको गोपनीयता, व्यक्तिगत स्वतन्त्रता, प्रतिष्ठा र मर्यादाको संरक्षणलाई संवैधानिक तथा कानुनी अधिकारका रूपमा स्थापित गरिएको उल्लेख गर्दै पत्रकारिता गर्दा त्यस्ता अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखेको छ । आयोगले महिलासँग सम्बन्धित संवेदनशील विषयमा सामग्री प्रकाशन वा प्रसारण गर्दा सत्यतथ्य, लैङ्गिक संवेदनशीलता र गोपनीयताको संरक्षण अनिवार्य हुनुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)