रोल्पाका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको घोषणा
barnanmedia.com · Fri Aug 14 22:38:25 GMT 2026

रोल्पाको दुई वटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता (सहसचिव) हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिएका छन् । पहिरोले घरबार विहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुनर्निर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अर्यालले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)