आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने
kendrabindu.com · Sat Aug 15 00:28:19 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)