नदी सुक्दै गएपछि रोमानियाले पूरै बन्द गर्यो देशको एउटै आणविक केन्द्र
ratopati.com · Sat Aug 15 00:47:50 GMT 2026

बुचारेष्ट । लामो समयदेखि युरोपमा अत्यधिक गर्मीको अवस्था छ । गर्मीकै कारण ड्यान्युब नदीमा पानीको सतह असामान्य रूपमा घटेपछि रोमानियाले आफ्नो एकमात्र आणविक विद्युत् केन्द्र पूरै बन्द गरेको छ । नदीमा पानीको बहाव घट्दा आणविक भट्टीलाई चिस्याउन आवश्यक पानी पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।
यस्तोमा चेर्नाभोडा आणविक विद्युत् केन्द्रका दुवै रिएक्टर बन्द गरिएका हुन् । यी दुई रिएक्टरले रोमानियाको कुल विद्युत् उत्पादनको करिब २० प्रतिशत हिस्सा ओगटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)