विश्वकप फाइनलमा गोल गरेका स्पेनका टोरेस पीएसजीतर्फ
kendrabindu.com · Sat Aug 15 01:10:36 GMT 2026
म्याड्रिड — बार्सिलोनाले स्पेनका विश्वकप हिरो फेरान टोरेसलाई ५ करोड युरो सम्झौता रकममा पेरिस सेन्ट जेर्मेन (पीएसजी) मा बेच्न सहमति जनाएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । बार्सिलोना स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार २६ वर्षे फरवार्ड टोरेसको सम्झौताका लागि युरोपका दुई महारथी क्लबहरु सहमत भएका छन् ।
यस सम्बन्धमा कागजी प्रक्रिया र स्वास्थ्य परीक्षणहरु औपचारिकता मात्र बनेको समाचारहरुमा जनाइएको छ । स्पेनिस च्याम्पियन बार्सिलोनासँग टोरेसको सम्झौता सकिन एक वर्ष मात्र बाँकी छ । सोमबार मात्र बार्सिलोनाले टोरेसका लागि आएको ४ करोडको सम्झौता रकम अस्वीकार गरेको क्लब स्रोतले एएफपीलाई बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)