फेरिंदै सम्बन्ध विच्छेदको कारण र उद्देश्य
onlinekhabar.com · Sat Aug 15 01:11:53 GMT 2026

३० साउन, म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो ।
अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मध्य ३४५ अथवा ५८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतका श्रेष्तेदार जगतबहादुर भण्डारीले गत आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दा मध्ये २८५ मुद्दा फस्यौट र ६० चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)