स्मार्ट टेलिकम प्रकरणमा पूर्व एनटीए अध्यक्ष भण्डारी २५ लाख रुपैयाँ धरौटीमा रिहा
nepalnews.com · Sat Aug 15 01:20:37 GMT 2026

काठमाडौ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसँग सम्बन्धित मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमनाथ गौतमको इजलासले शुक्रबार भण्डारीलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान तथा सिफारिसका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उनलाई घटनामा मतियार/सहयोगीको भूमिका निर्वाह गरेको आरोप लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)