१५ जनामा औलो रोगको सङ्क्रमण
nepalnews.com · Sat Aug 15 01:37:16 GMT 2026

चितवन। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ। तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)