मुख्य राजमार्ग : कतै पूर्ण बन्द, कतै एकतर्फी
ratopati.com · Sat Aug 15 01:48:08 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (इलाम न.पा. ०९, राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटोको व्यवस्था नभएकाले यात्रुहरू समस्यामा परेका छन्। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक अवरुद्ध भए पनि हाल एकतर्फी रूपमा सुचारु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)