बेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च
ajakoartha.com · Sat Aug 15 01:47:00 GMT 2026

काठमाडौं- चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।
कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पुर्याइएको उनले बताए । पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी–जोमसोम–कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)