मधुश्रावणी पर्व समापन हुँदै, दाम्पत्य प्रेमको कामना
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
महोत्तरी । मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् । साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ ।
पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ । पतिले पठाइदिने पूजा सरदाम (सामग्री)बाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन् । पतिले पठाइदिने सामग्रीमा पर्वअवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)