गृहमन्त्री गुरुङले भ्रष्टचार अरोपीलाई काखी च्यापेको सांसद खगेन्द्र सुनारको अरोप
barnanmedia.com · Sat Aug 15 01:35:49 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहमन्त्री सुदन गुरुङलाई गम्भीर आरोप लागेका दोषीलाई काखी च्यापेर नहिँड्न चेतावनी दिएका छन् । गृहमन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएका बेला उनको यो अभिव्यक्ति आएको हो ।
सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए । त्यसपछि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)