इन्डोनेसियाको समुद्री क्षेत्रमा ‘शक्तिशाली भूकम्प’, सुनामीको चेतावनी
himalpress.com · Sat Aug 15 02:01:37 GMT 2026

काठमाडौँ- पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा आज बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।
भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)