जेलीफिसको झुन्ड पसेपछि फ्रान्सका तीन आणविक रियाक्टर बन्द
kendrabindu.com · Sat Aug 15 02:13:48 GMT 2026

काठमाडौं । समुद्री पानी भित्र्याउने प्रणालीमा जेलीफिसको ठूलो झुन्ड पसेपछि फ्रान्सले आणविक रियाक्टर बन्द गरेको छ । रोयटर्सका अनुसार, जेलीफिसको झुन्ड पसेर उपकरण जाम गरेपछि फ्रान्सको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ग्राभलिन्सका तीनवटा रियाक्टर बन्द गर्नुपरेको हो ।
रियाक्टर नम्बर २, ३ र ४ लाई अस्थायी रूपमा बन्द गरिएको हो भने रियाक्टर नम्बर १ को उत्पादन क्षमता पनि ५० प्रतिशतमा घटाइएको छ । यो प्लान्टले रियाक्टर चिस्याउन उत्तरी सागरसँग जोडिएको नहरबाट समुद्री पानी प्रयोग गर्छ । जेलीफिस ठूलो संख्यामा समुद्री पानी तान्ने पम्पिङ स्टेसनका फिल्टर ड्रममा जम्मा भएपछि पानीको प्रवाह अवरुद्ध भएको थियो । त्यसपछि सुरक्षात्मक उपायस्वरूप रियाक्टरहरू बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)