दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
reportersnepal.com · Sat Aug 15 02:19:55 GMT 2026

महोत्तरी, साउन ३० । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् ।
साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ । पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)