विषभन्दा ठूलो सरकारी लापरबाही : सर्पदंशको उत्कर्ष सिजनमै ‘एन्टिभेनम’ रित्तो !
annapurnapost.com · Sat Aug 15 02:41:46 GMT 2026

काठमाडौं : नेपालमा मनसुन लाग्नेबित्तिकै बाढी, पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ। तर सरकारी तथ्यांकले चालू मनसुन सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद्भन्दा बढी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय, यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवनरक्षक एन्टिभेनम सकिएर बिरामीको उपचारमा समस्या देखिएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको साउन २३ गतेसम्मको पछिल्लो बुलेटिनअनुसार, चालू आर्थिक वर्ष २०८३ को वैशाख १ देखि साउन २३ गतेसम्मको करिब साढे तीन महिनामा देशभर सर्पदंशका कुल ८ सय १ घटना दर्ता भएका छन्, जसमा परी ५९ जनाले ज्यान गुमाएका छन् भने ७ सय ४९ जना घाइते भएका छन्। यस अवधिको समग्र विपद्जन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण बनेको प्राधिकरणको तथ्यांकले देखाउँछ— चट्याङ, आगलागी र पहिरोभन्दा समेत बढी।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)