कानुनको विद्यार्थीदेखि कानुनमन्त्रीसम्म सोविता गौतम : युवानेतृको परिपक्व कार्यसम्पादन
nepalviews.com · Sat Aug 15 02:55:01 GMT 2026

काठमाडौं । पहिलोपटक २०७९ मा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दा सोविता गौतम संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र चुनावी राजनीतिको नयाँ दल थिएन, सोविता आफैँ पनि २७ वर्षकी मात्र थिइन् । २०७९ को प्रतिनिधिसभामा उनको परिचय ‘कान्छी सांसद’ को रूपमा बनेको थियो ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा भने उनले काठमाडौं–२ छाडेर चितवन–३ बाट प्रतिस्पर्धा गरिन् । यो निर्वाचन क्षेत्र तुलनात्मक रूपमा उनका लागि बढी चुनौतिपूर्ण थियो । यसर्थ कि, यहाँ उनी भरतपुर महानगरपालिकाकी लोकप्रिय मेयर रेणु दाहाल गौतमको प्रतिस्पर्धीका रूपमा थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)