ठमेलस्थित एसटीडी टृटमेन्ट क्लिनिकविरुद्ध मेडिकल काउन्सिलले कारबाही अघि बढायो
ratopati.com · Sat Aug 15 03:24:22 GMT 2026

काठमाडौँ । ठमेलमा सञ्चालित 'एसटीडी टृटमेन्ट क्लिनिक' विरुद्ध प्राप्त उजुरीका आधारमा नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलद्वारा गठित छानबिन टोलीको प्रतिवेदन तथा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम उक्त क्लिनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कारबाही सुरु गरिएको हो।
म्याद सकिएको लाइसेन्स प्रयोग गरी कार्यक्षेत्र बाहिर गई उपचार गर्ने तथा काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी भ्रम सिर्जना गर्ने चिकित्सकहरूलाई स्पष्टीकरण माग गर्दै कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)