हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जामध्ये ८० प्रतिशत सवारीसाधनमा
ajakoartha.com · Sat Aug 15 03:25:00 GMT 2026

काठमाडौं- हायरपर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय हायरपर्चेज कम्पनीबाट प्रवाह हुने कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा जाने गरेको हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै ठाकुरले हायरपर्चेज कम्पनीको मुख्य लक्षित वर्ग बैंकसम्म सहज रूपमा पुग्न नसक्ने ग्राहक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)