नेपाल–भारत सम्बन्धमा सैनिक कूटनीतिको भूमिका
newsofnepal.com · Sat Aug 15 03:28:15 GMT 2026

नेपाल र भारतबीचको सम्बन्ध दक्षिण एसियामै विशिष्ट मानिन्छ । भौगोलिक निकटता, खुला सीमा, ऐतिहासिक अन्तरसम्बन्ध, सांस्कृतिक निकटता, धार्मिक आस्था, आर्थिक अन्तरनिर्भरता र जनस्तरको आत्मीयताले यो सम्बन्धलाई अन्य द्विपक्षीय सम्बन्धभन्दा फरक बनाएको छ । सात दशकभन्दा बढीको आधुनिक कूटनीतिक यात्रामा दुवै देशबीच कतिपय विषयमा मतभेद र विमति देखिएका छन् । सीमा विवाद, व्यापारिक अवरोध, राजनीतिक दृष्टिकोण तथा केही राष्ट्रिय संवेदनशील विषयमा समय–समयमा असहमति उत्पन्न भएका उदाहरण पनि छन् । तर, ती मतभेदले समग्र सम्बन्धलाई विच्छेद गर्न सकेका छैनन् । बरु, कठिन परिस्थितिमा पनि संवाद, सहकार्य र आपसी सम्मानका माध्यमबाट सम्बन्धलाई अघि बढाउने परिपक्वता दुवै मुलुकले देखाएका छन् ।
नेपाल–भारत सम्बन्धको यही स्थायित्वलाई सबभन्दा बलियो आधार प्रदान गर्ने पक्षमध्ये एक हो– नेपाली सेना र भारतीय सेनाबीचको ऐतिहासिक तथा व्यावसायिक सम्बन्ध । राजनीतिक परिस्थितिहरू परिवर्तन हुँदै जाँदा पनि सैनिक सम्बन्ध निरन्तर रहनु यसको संस्थागत परिपक्वताको प्रमाण हो । यही कारणले धेरै विश्लेषकहरूले नेपाल–भारत सम्बन्धको स्थायित्वमा सैनिक कूटनीतिको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)